१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख नाघ्यो, दुई महिनामा झन्डै थपिए दोब्बर संक्रमित


0
Shares

एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या ३० लाख नाघेको छ ।

जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार कोरोना माहामारीको चपेटामा परि ज्यान गुमाउनेको संख्या ३० लाख १५ हजार भन्दा बढी रहेको छ ।
विश्वमा अहिले संक्रमणको दर उच्च रहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सचेत गराएको छ ।हालसम्म विश्वमा १४ करोड ६४ लाख ५ हजार भन्दा बढी संक्रमित भइसकेका छन् ।

डब्ल्यूएचओ प्रमुख डा टेड्रोस अडानोम गेबेरियससले शुक्रबारमात्रै संक्रमितको संख्या र मृत्युदर बृद्धि भइरहेको प्रति चिन्ता व्यक्त गर्नुभएको थियो । उहाँले विश्वव्यापी रूपमा हरेक हप्तामा नयाँ संक्रमितहरूको संख्या गत दुई महिनामा झन्डै दोब्बर भएको पनि बताउनुभएको थियो ।

सबैभन्दा बढी संक्रमित भएका देशहरु अमेरिका, भारत र ब्राजिलमा मात्रै १० लाख भन्दा बढीको मृत्यु भएको जोन्स हपकिन्स विश्वविद्यालयले जनाएको छ । गत हप्ता मात्र विश्वभरी प्रतिदिन औसत १२ हजारको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।