
web pic
नवलपुर । जिल्लाको दाउन्नेमा यात्रुवाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । जसमध्ये २ जना गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइतेको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज र सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिनुभयो ।
बुटवलबाट नारायणगढका लागि छुटेको ना ५ ख ७००० नम्बरको बस विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा आफैँ अनियन्त्रित भइ सडकबाट २०० मिटर तल खसेको थियो ।
दुर्घटनामा घाइते भएका ३१ जनामध्ये १३ पुरुष, १२ महिला र ६ बालबालिका रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्