१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागलुङका पत्रकारलाई प्रविधिमैत्री बनाउने अध्यक्ष कँडेलको उद्घोष, हरेक पत्रकारलाई ल्यापटप


0
Shares

बागलुङ । नेपाल पत्रकार महासंघ बागलुङका नवनिर्वाचित अध्यक्ष नरेश कँडेलले बागलुङका सञ्चारकर्मीलाई प्रविधियुक्त बनाउने उद्घोष गर्नुभएको छ ।

शनिबार भएको पदस्थापन कार्यक्रममा अध्यक्ष कँडेलले पत्रकार महासंघले सुविधा सम्पन्न भवन बनाइसकेकाले अब ‘घर र पछिको रहर : सही सूचना प्रविधि युक्त हात, हरेक पत्रकार ल्यापटका साथ’ अभियानको घोषणा गर्नु.भएको हो ।

यस अभियानले बागलुङ जिल्ला सम्पूर्ण क्रियाशील पत्रकारहरू श्रोत साधन सहित आवश्यक प्राविधिक ज्ञान समेत उपलब्ध गराइने बताउनुभयो । नवनिर्वाचित अध्यक्ष कँडेलले आफ्नो कार्यकालमा मुख्य ४ वटा परिकल्पनामा आधारित भएर पत्रकारको हकहित, क्षमता अभिवृद्धी र संस्थागत विकासका क्रियाकलाप सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘निर्वतमान अध्यक्ष दिल शिरीषको कार्यकालमा पत्रकार महासंघको सुविधा सम्पन्न भवन निर्माण भएको छ,’ उहाँले भन्नुभयो, ‘भवन निर्माणपछि अब पत्रकारहरूलाई आवश्यक सामग्री उपल्ध गराउने र न्यूनतम पारिश्रमिकलाई कार्यान्वयनमा जोड दिनेछ ।’

हरेक पत्रकारलाई एक ल्यापटप पु¥याउनको लागि कार्यसमितिको पहिलो बैठकले निर्णय गरेको कँडेलको भनाइ छ । पत्रकार जहाँ पुगे पनि सूचना र समाचार प्रवाह गर्नका लागि सहज पुग्ने भन्दै ल्यापटपको उपलब्धतालाई प्राथमिकतामा राखेको बताउनुभयो ।