
एजेन्सी । रसियाका विपक्षी नेता अलेक्सी नाभाल्नीका चिकित्सकले उपचारमा ध्यान नदिए नाभाल्नीको केही दिनमै मृत्यु हुन सक्ने खतरा औंल्याएका छन् ।
जेलमा रहेका नाभाल्नीको रगत परीक्षणबाट उनको मुटु र किड्नीको समस्याले कुनै पनि समय देखिने तहमा पुग्ने उनका निजी चिकित्सकले बताएका छन् । रसियाको कारागार प्रशासनले भने सरकारी चिकित्सकको उपचार अस्वीकार गरेको जनाएको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक नाभाल्नी सही उपचारको माग गर्दै विगत १८ दिनदेखि भोग हड्तालमा छन् । उनी गत फेब्रुअरी यता जेल सजायँ भोगिरहेका छन् ।
गत अगस्टमा घातक विष आक्रमणमा परेका ४४ वर्षिय नभाल्नीको जर्मनीमा उपचार पछि स्वदेश फर्कदैं गर्दा विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको थियो । नाभाल्नी पक्राउ पछि रसियाका विभिन्न शहरमा व्यापक विरोध प्रदर्शन भएको थियो ।
राष्ट्रपति पुटिनको निर्देशनमा आफुलाई विष दिइएको नाभाल्नीको आरोपलाई क्रेमलिने भने अस्वीकार गरेको छ । पहिलाको जेल सजायका बेला राखिएका शर्तहरू उल्लङ्घन गरेको भन्दै मस्कोको एक अदालतले नाभाल्नीलाई साढे तीन वर्षको जेल सजाय सुनाएको हो ।
प्रतिक्रिया दिनुहोस्