
web pic
नवलपुर । पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपुरको दाउन्नेमा हिजो साँझ भएको बस दुर्घटनामा परि घाइते भएका मध्ये तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ईलामका २५ वर्षिया धनु दर्लामी, मकवानपुरकी ५७ वर्षिया छमो ग्याल्मो र चितवन भरतपुरका ७२ वर्षिय हिमलाल न्यौपाने छन् ।
अरु घाइतेहरुको भरतपुर र नवलपुरका अस्पतालहरुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका –२, दाउन्नेमा बस अनियन्त्रीत भई सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।
बुटवलबाट नारायणगढका लागि छुटेको ना ५ ख ७००० नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको हो ।
बसमा सवार सबै घाइते भएका छन् । बस भिरमा खसेकाले उद्धारमा कठिनाइ भएको थियो ।
प्रतिक्रिया दिनुहोस्