२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


लुम्बिनी प्रदेशमा पनि नेपाल समूहले ‘फ्लोर क्रस’ गर्ने सम्भावना


0
Shares

काठमाडौ । कर्णाली प्रदेशमा एमालेका सांसदले फ्लोर क्रस गरि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि यसको प्रभाव लुम्विनी प्रदेशमा पनि देखिने सम्भावना बढेको छ ।

ओली समूहबाट रुष्ट माधव/झलनाथ समुहका सांसदले मुख्यमन्त्री शंखर पोख्रेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सम्भावना देखिएको हो ।

४१ मत सहित संसदमा अल्पमतमा देखिएका मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशमा आविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी माओवादी, कांग्रेस लगायतका दलहरुले गरिरहेका छन् ।

४२ मतले अविश्वासको प्रस्तावको तयारी गरिएको लुम्बिनी प्रदेशमा अविश्वासको प्रस्ताव पारित गर्न १ मत आवश्यक छ ।

कांग्रेसको १९, माओवादी केन्द्रका १७, जसपाका ५ र राजमोका १ सांसदले मुख्यमन्त्रीविरुद्ध जाने रणनीति बनाइसकेका छन् ।

जसपाको अनिर्णित एक मत मात्रै अविश्वासको प्रस्तावका पक्षमा नआए मात्रै एमालेको नेपाल/खनाल समुहको फ्लोर क्रस आवश्यक पर्नेछ । यो समुहले सुरुमा माओवादी, कांग्रेस, जसपा र राजपाको भुमिका हेर्ने छ ।

मुख्यमन्त्री पोखरेलबिरुद्ध उनीहरुबाटै बहुमत पुग्ने अवस्था भए फ्लोर क्रस नगर्ने अन्यथा फ्लोर क्रस गर्ने माधव/झलनाथ समूहको तयारी छ ।