
काठमाडौं । लुम्बिनी प्रदेशमा ४ जना कोरोना संक्रतिको ज्यान गएको छ । गएराति करिब ५ घन्टाको अन्तरालमा ४ जनाको ज्यान गएको हो।
रुपन्देहीको मायादेवी गाउँपालिका ५ की ६५ वर्षीया महिलाको कोरोना संक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उहाँको साँझ ५ बजेर ५० मिनेट जादा भैरहवा मेडिकल कलेजमा ज्यान गएको हो ।
त्यसैगरि, नेपालगन्जको भेरी कोरोना विशेष अस्पतालमा साँझ ७ बजे बर्दियाको राजपुर गाउँपालिका–१ का ७३ वर्षीय पुरुष, ७ स् ४० बजे बाँके जिल्लाको बैजनाथ गाउँपालिका–८ की ७८ वर्षीया महिला र दैलेखको नारायण गाउँपालिका –१ की ६८ वर्षीया महिलाको ९ बजेको समयमा कोरोना संक्रमणबाट मृत्यु भएको भेरी कोरोना विशेष अस्पतालले जनाएको छ । हाल सम्म भेरी अस्पतालमा ९६ जना संक्रमितमध्ये ६० जनाको ज्यान गएको छ ।
प्रतिक्रिया दिनुहोस्