१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो २ बजे बस्ने


0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा १४ औं महाधिवेशनका तयारी, क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि म्याद थप र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताईएको छ ।

कांग्रेसले चैत ३० गतेसम्म क्रियाशील सदस्यताका काम सक्न जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएको थियो ।

तर केही जिल्लाले अझैसम्म क्रियाशील सदस्यता वितरण गर्न फारम नपाएको बताएका छन् । सिन्धुपाल्चोक लगायतका जिल्लाहरुमा समायोजनको काम सकिएको छैन ।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज बस्ने बैठकमा केन्द्रदेखि प्रदेशसम्मका राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ ।

प्रदेशहरुमा भईरहेको सरकार परिवर्तनको प्रयासमा आफ्नो भूमिकाबारे पनि कंंग्रेसले आजको बैठकमा छलफल गर्ने बुझिएको छ ।