
सर्लाही । सर्लाहीका जंगलहरुमा बढ्दो डढेलोका कारण चरणको अभाव हुन थालेको छ । लामो खडेरी र त्यस पछिको डढेलोले गर्दा वनमा घाँस पलाउन छाडेको छ ।
दिनदिनै जस्तो डढेलो लाग्दा साना बोट बिरुवा मर्नुमा साथै पानीको अभावमा नयाँ घास उम्रिन समेत सकेको छैन ।
चरणका भरमै पशु पालन गर्दै आएका जिल्लाका किसानहरुलाई जङगलमा घाँस नभएपछि समस्या परेको छ । उनीहरुले हरियो घाँसको आभावमा गाईवस्तुलाई पराल तथा गौँ भुसा लगायतको खुवाउन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्