
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराइले प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्वदलीय बैठकबारे जानकारी नभएको बताउनु भएको छ ।
शनिबार प्रधानमन्त्रीले डाक्नुभएको बैठकमा सहभागी नभएपछि मिडियामा ‘एमसीसी बैठक बहिष्कार गर्यो’ भन्ने समाचार आएको प्रति ध्यानाकर्षण गराउँदै भट्टराइले बैठकबारे आफूलाई जानकारी नभएको बताउनु भएको हो ।
शनिबारको सर्वदलीय बैठकमा भट्टराइ उपस्थित हुनुहुन्थेन । जसपाको आधिकारिक केन्द्रीय कार्यालय बालकुमरीमा सोध्दा बैठकबारे कुनै जानकारी नभएकाले बैठकमा आफू सहभागी नभएको भट्टराइले स्पष्टीकरण दिनु भएको छ ।
भट्टराइले ट्विटमार्फत सर्वदलीय बैठकबारे व्यङ्ग्यसमेत गर्नुभएको छ । उहाँले लेख्नु भएको छ, ‘चेइ नभनी कुकुर पनि कसैको घर जॉदैन रे मिडियाबाट सुनिएको कथित सर्बदलीय बैठकमा प्रमनिवासको मिठोमसिनो उदरस्थ गर्न पाइएला भनेर त्यत्तिकै हाम्फालेर जाने कुरा भएन।’
प्रतिक्रिया दिनुहोस्