५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


मगर समुदायमै बोल्दैनन् मगर भाषा


0
Shares

विवेक भण्डारी

नवलपुर । यो नवलपुर देवचुली नगरपालिकाको मगर समुदायको बाक्लो बसोबास भएको गाउँ हो । यो गाउँ मगर समुदायको बाहुल्य भएको क्षेत्र पनि हो । मगर समुदायको यस्तो बाक्लो बस्तीमा मगर भाषा बोल्नेको संख्या भने समुदायको कुल संख्याको आधा कमि छ ।

समुदायमा बस्ने मगर समुदायको आधाले मात्र आफ्नो मातृभाषा प्रयोग गर्ने गरेका छन् । अभिभावकले मातृभाषा बोल्ने गरे पनि बालबालिकाहरुले भने आफ्नै भाषा प्रष्ट रुपमा उच्चार गर्ने सक्दैनन् । आफुरुले मगर भाषा बोल्न सिकाए पनि खस भाषा नै बढि बोल्ने गरेको हुदा बालबालिकाहरु मगर भाषा नबोल्ने गरेको अभिभावकहरु बताउँछन ।

जिल्लाको पहाडि क्षेत्रका मगर समुदायमा मगर भाषा बोल्ने धेरै भए पनि शहरमा झरेका मगरहरुले आफ्नो भाषा बोल्न छाडेका छन । शहरमा बसेका मगर समुदायहरुले भने समुदाय वा परिवारमा पनि मातृभाषाको प्रयोग नगर्दा भाषानै लोप हुने अवस्था सृजना भएको नेपाल मगर संघ नवलपुरका अध्यक्ष इन्द्रफाल मगर बताउनुहुन्छ ।

मातृभाषा नै संकटमा पर्ने भन्दै अहिले नवलपुर मगर संघले प्रत्येक विद्यालयमा एक विषय मगर भाषामा कक्षा संञ्चालन गराउने योजना बनाइ रहेको छ । मगर समुदाय त एउटा उदाहरण मात्र हो । यो समुदाय नेवार , गुरुङ्ग, तामाङ्ग र थारु समुदायका बालबालिकाहरुले पनि आफ्नो मातृभाषा बोल्न छाडेका छन । फरक जातजाति र भाषाभाषिले नै चिनिएको हाम्रो मुलुकमा यस्ता भाषा र संस्कृतीको संरक्षणमा राज्यको तर्फबाट विशेष ध्यान दिन आवश्यक छ ।