
एजेन्सी । साउथह्याम्पटनलाई हराउँदै लेष्टर सिटी एफ.ए कप फुटबलको फाईनलमा प्रवेश गरेको छ । गएराति वेम्बले रंगशालामा भएको सेमिफाईनल खेलमा लेष्टर सिटी १–० ले विजयी भयो ।
साउथह्याम्पटन विरुद्धको खेलमा लेष्टर सिटीलाई विजयी गराउन केलेची इहिनाचोले ५५ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । लेष्टर सिटी ५२ वर्षपछि एफ.ए कप फुटबलको फाईनलमा पुगेको हो।
यसअघि सन् १९६९ मा उसले फाईनल यात्रा तय गरेको थियो । लेष्टरले अब फाइनलमा चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा म्यान्चेस्टर सिटीलाई हराउँदै चेल्सी फाईनलमा पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्