
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सोमबार बस्दैछ ।
पार्टी केन्द्रीय कार्यलय सानेपामा दिउँसो ४ बजेका लागि बैठक डाकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
१४ औं महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल गर्न आइतबार बोलाएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको थियो ।
बैठक सुरु हुनुअघि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच करिब दुई घण्टा छलफल भएको थियो।
छलफलपछि तयारी नपुगको भन्दै आइतबारको बैठक स्थगित गरिएको थियो ।
कांग्रेसको आगामी भदौमा हुने महाधिवेशनको कार्यतालिकामा हेरफेर गर्न बैठक डाकिएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्