
पाल्पा । पाल्पा कारागारमा एक कैदीबन्दीले आत्महत्या गरेका छन् । भिरकोट नगरपालिका– ७, स्याङ्जाका ३० वर्षीय किसान गुरुङले शौचालयको भेन्टिलेटरमा झुण्डिएर आत्महत्या गरेको पाल्पा कारागारकी प्रमुख भक्तिसरा रानाले जानकारी दिनुभयो ।
चोरी मुद्दामा कैद सजाय भोग्दै आएका गुरुङ २०७६ साल जेठमा स्याङजा कारागार हुँदै २०७६ साल माघमा पाल्पा कारागारमा ल्याइएको बताइएको छ । पाँच वर्षका लागि कारागारको सजाय काट्दै आएका गुरुङको शव पोष्टमार्टम गरेर परिवारलाई दिइने पाल्पा कारागारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्