
बागलुङ । बागलुङमा विगत १०/१२ वर्ष अघिसम्म उपयोगविहिन बनेका जमिनमा अहिले विभिन्न व्यवसायिक संरचना निर्माण हुन थालेका छन । जिल्लाको बडिगाड गाउँपालिका– ५ खौलारा पनि बजारको रुपमा विकास हुँदै गएको छ ।
सडक नपुग्दासम्म १/२ वटा खरका छाप्राहरु रहेको खौलारामा अहिले ठूला ठूला पक्की भवन बन्नुका साथै स्थानीयले यही बजारबाट सबै किसिमका सुविधा पनि पाउन थालेका छन् ।
पूर्व–पश्चिम मध्य पहाडी लोक मार्गले बडिगाड गाउँपालिकाको बीच भागबाटै चिरेर निसीखोला हुँदै पूर्वी रुकुम जोडेको छ । सडक नआउँदा सामान्य कामका लागि दुई दिन हिँडेर सदरमुकाम पुग्ने गरेका स्थानीय अहिले तीन घण्टामै सदरमुकाम पुग्न सक्छन् ।
प्रतिक्रिया दिनुहोस्