
तस्विर फाइल
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह हरिद्वारमा सम्पन्न महाकुम्भ मेलामा सहभागी भएर नेपाल फर्किनुभएको छ ।
उहाँ हिजो नेपाल फर्किनुभएको हो । हरेक १२ वर्षमा हुने महाकुम्भ मेलामा निरञ्ज अखाडाका पिठाधिश्वर आचार्य महामण्डलवेश्वर कैलाशानन्द गिरीको निमन्त्रणमा भारत जानुभएको थियो ।
पूर्वराजा शाहले आज एक विज्ञप्ती जारी गर्दै भारत भ्रमणको क्रममा सहयोग गर्ने भारतीय सरकार र नागरिकलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
महाकुम्भमा शाही स्नान अवधिमा हिन्दु धर्मालम्बीहरुले गरेको अभिन्नदनप्रतिपनि उहाँले आभार व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्