२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बझाङमा भिर बाट लडेर २ को मृत्यु


0
Shares

बझाङ । बझाङमा भिर बाट लडेर २ जनाको मृत्यु भएको छ ।

तल्कोट गाँउपालिका वडा नम्बर १ रैसेल्लीका २० बर्षिया राजु तामाङ र जाजरकोट घर भै हाल चैनपुर बस्दै आएकमा ४० बर्षिया खडक पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बझाङका प्रहरी निरिक्षक कमलप्रसाद चौधरीले बताउनु भयो ।

तल्कोट गाँउपालिका वडा नम्बर १ मा पर्ने ओखरे भिर बाट लडेर दुबै जनाको घटना स्थलमा नै मृत्यु भएको हो ।

दुबै जना झण्डै २५० मिटर लत खसेको प्रहरीले जनाएको छ ।

बैशाख ३ गते घर बाट सुर्मा गाँउपालिकाको धानसेरी भन्ने ठाँउ जानकालागि हिडेका दुबै जना सम्पर्कमा नआएपछि उनीहरुका आफन्तहरुले खोजी गर्दा आईतबार राति दुवै जना मृत अवस्थामा फेला परेका हुन् ।

दुबै जनाको शब जिल्ला अस्पतालमा पोष्टमाटमका लागि ल्याउने काम भै रहेको प्रहरीले जानएको छ ।