४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025


राष्ट्रपतिले गरिन् प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य


0
Shares

bidhya bhandari

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्नुभएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गर्नुभएको हो ।

यसअघि आजै बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो ।

भोलिका लागि संसद बैठक बस्ने तयारी भइरहेका बेला सरकारले आजै संसद अधिवेशन अन्त्यको सिफारिस गरेको हो ।

गत पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते सुरु भएको थियो ।

संसदले यसबीचमा कुनै काम गर्न नसकेपछि बजेट अधिवेशनलाई ग्याप राख्न सरकारले चालू हिउँँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

जेठ १५ गते बजेट ल्याउनुपर्ने र त्यसअघि सरकारको नीति तथा कार्यक्रम पेश हुने भएकाले वर्खे अधिवेशन चाँडै आह्वान हुनेछ ।