२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


ह्यापीडेन्टको ‘देखाऊ बत्तिसी, बन्छ काम हाँसेसी’ अभियानमा प्रियंका कार्की


0
Shares

काठमाडौं । नायिका प्रियंका कार्की अभिनित ह्यापीडेन्टको चुइगमको विज्ञापन प्रसारणमा आएको छ । कार्की अभिनित विज्ञापनमा मुस्कानसहितको आग्रहलाई देखाउन खोजिएको

विज्ञापनमा यात्रुहरूले भरिएको एउटा सार्वजनिक यातायातमा महिला आरक्षित सिटमा बसिरहेका २ जना पुरुषहरूलाई त्यो सिट छाडिदिन आग्रह गर्छिन् तर उनको आग्रहलाई उनीहरूले बेवास्था गरिदिन्छन् ।

विज्ञापनमा प्रियंकाकासाथै उनी सँगै बसेका अन्य यात्रुहरूले ह्याप्पीडेण्ट चपाउँछन् र सबैजनाले चम्किलो सेतो मुस्कानको प्रकाश फ्याँँकेर ‘महिला सिट’ लेखिएको स्थान देखाइदिन्छन् । ‘देखाऊ बत्तिसी, बन्छ काम हाँसेसी’ले मुस्कानका साथ भलाई गर्नमा जोड दिने ब्राण्डको योजना छ ।

ब्राण्डसँगको आबद्धता एवं प्रचार अभियानको बारेमा आफ्नो धारणा राख्दै सद्भावना दूत नायिका कार्कीले ह्याप्पीडेण्टले नेपाली दर्शकहरूमाझ माया, स्नेह र उत्साह जगाउने काम गरेको बताउनुभयो । उहाँले आफू ह्यापीडेन्टसँग जोडिन पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा विज्ञापनको विषयमा कम्पनीका कन्ट्रि म्यानेजर मयङ्क पाण्डेले चम्किलो तथा उज्ज्वल मुस्कानहरुको फाइदामाथि केन्द्रित रमाइला तथा हस्यौली विज्ञापनहरूबाट उपभोक्ताहरुमा सधैं मुस्कान फिँजाए दाबी गर्नुभयो ।