१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बझाङमा एकैदिन चार जनाको मृत्यु, भीरबाट खस्नेदेखि ११ वर्षीया बालिकाको आत्महत्यासम्म


0
Shares

बझाङ । भीरबाट लडेर जिल्लामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तल्कोट गाँउपालिका–१ रैसेल्लीका २० वर्षीय राजु तामाङ र जाजरकोटका ४० वर्षीय खडक पुनको रहेको जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक कमलप्रशाद चौधरीले बताउनुभयो ।

तल्कोट–१ को ओखरे भीरबाट २५० मिटर लत खस्दा दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । वैशाख ३ गते घर बाट सुर्मा गाँउपालिकाको धानसेरी जानका लागि हिँडेका दुवैैजना सम्पर्कमा नआएपछि खोजी गर्दा आइतबार राति दुवै जनालाई मृत अवस्थामा भेटिएको थियो ।प्रहरीको प्रारम्भिक अनुसन्धानले उनीहरू यार्चा संकलनका लागि गएको अनुमान गरेको छ ।

यस्तै, आइतबार जिल्लाको जयपृथ्वी नगरपालिका–८, बारीलका ४८ वर्षीया गालु बोहराको चट्याङ लागेर मृत्यु भएको छ । जंगलमा दाउरा काट्न गएका बोहराको चट्याङ लागेर मृत्यु भएको आफन्तले बताएका छन् ।

त्यसैगरी, आइतबार नै दुर्गाथली गाँउपालिका–३ रकैलकी ११ वर्षीया बालिका अनीता दमाईले आत्महत्या गरेकी छन् । घर नजिकैको जंगलमा बाख्रा चराउन गएकी बालिकारुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।