१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मानसिक सन्तुलन गुमाएकी महिलालाई बलात्कारपछि ढुङ्गा प्रहार गरी हत्या, एक युवक पक्राउ


0
Shares

उदयपुर । मानसिक सन्तुलन गुमाएकी महिलालाई बलात्कारपछि ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले रौतामाइ गाउँपालिका–७ का २४ वर्षीय राजु अछामेलाई नियन्त्रणमा लिएको छ ।

अछामेले मृतक महिलालाई २०७७ चैत ११ गते साँझ ७ बजे जबरजस्ती नवज्योति वन क्षेत्रमा लगेर बलात्कार पछि ढुङ्गा हानेर हत्या गरेको स्वीकार गरेको उदयपुर प्रहरी प्रमुख भीमबहादुर दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थलमा प्रहार गरेको ढङ्गा आरोपितले लगाएको टोपीसमेत फेला परेको छ ।

नवज्योति वन क्षेत्रमा घासँ काट्न गएका स्थानीयले टाउकोमा क्षतविक्षत अवस्थामा महिलाको शव देखेपछि वैशाख शनिबार प्रहरीलाई खबर गरेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानले २५–२६ वर्षकी मुर्कुची, ससकौरा, अँधेरी, राजावास लगायतका गाउँमा मागेर खाने मानसिक सन्तुलन ठिक नभएकी तराई मुलकी महिला भएको देखिएको प्रहरी प्रमुख दाहाले बताउनुभयो ।