१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


अवैध पेस्तोल बोकेर ससुराली आएका मन्सुरी पक्राउ


0
Shares

सुनसरी । कटुवा पेस्तोल बोकेर सुसुराली आएका एक व्यक्तिलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको कोसी गाँऊ पालिका–४ जुद्धगन्जमा रहेको ससुराली घरमा पेस्तोल सहित आएका सप्तरी कन्चनरुप नगरपालिकाका–१ का जमाल भन्ने तालिम मन्सुरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ ।

अवैध हतियार सहित ससुराली आएका मन्सुरीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले बताउनुभयो । मन्सुरीको साथबाट एकथान कटुवा पेस्तोल र दुई थान गोली बरामत गरिएको छ ।

मन्सुरी अवैध हातहतियारको कारोबारमा संलग्न व्यक्ति भएको प्रहरीको भनाइ छ । मन्सुरीले भारतको विहारबाट हतियार खरिद गरी नेपाल भित्र्याउने गरेको प्रहरी स्रोतले जनाएको छ ।

मन्सुरी विरुद्ध हातहतियार खरखजना अन्र्तगत मुद्दा दर्ता गरी आवश्यक कारबाही अघि बढाइएको एसपी थापाले बताउनुभयो । अन्सारीलाई पक्राउ गरिए पश्चात अन्य हतियार कारोबारीहरूको समते खोजी सुरु गरिएको प्रहरीले जनाएको छ ।