
काठमाडौ । थ्री नेसन्स टी–ट्वेन्टी सिरिजअन्तर्गत मलेसियासँगको खेलमा नेपालका बलर सोमपाल कामीले विकेट लिएपछि अजबको सेलिब्रेसन गरेका छन् ।
सिरिजअन्तर्गत आज भएको नेपालको दोस्रो खेलमा कामीले टीमका लागि तेस्रो र व्यक्तिगत पहिलो विकेट लिएपछि अजबको सेलिब्रेसन गरेका हुन् ।
मलेसियाका वीरन्दीप सिंहको विकेट लिएपछि उनले आफ्नो दाहिने गोडाको जुत्ता खोल्दै कानमा लगाएर चोरी औँला उठाएका थिए । उनको यो गजबको सेलिब्रेसनलाई धेरैले मन पराएका छन् ।
टेलिभिजनम कमेन्ट्री गरिरहेका शरद भेषावकरले उनले सायद श्रीमतीलाई फोन गरेर मैले विकेट लिएँ भनेको हुनसक्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्