
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर महानगरपालिकामा रहेको पाटन माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्नुभएको छ ।
२०७२ को भूकम्प पछि क्षतिग्रस्त बनेको पाटन माध्यामिक विद्यालयको नवनिर्मित भवन प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको हो । उक्त भवन जापान सरकारको ऋण सहयोगमा नेपाल सरकार, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले निर्माण गरेको हो ।
भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पाटन माध्यामिक विद्यालय नेपालको इतिहास र व्यवस्थासँग जोडिएको बताउनुभयो । विद्यालयले एक शताब्दीलाई अर्को शताब्दीसँग जोडेको पनि बताउनुभयो ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नेपालका ८० प्रतिशत बालबालिकाहरु सामुदायिक विद्यालयमा पढ्ने गरेको भएपनि गुणस्तरीय शिक्षा प्रदान गर्न नसकेको बताउनुभयो । उहाँले पाटन माध्यामिक विद्यालयले आगामी दिनमा गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
मेयर महर्जनले गुणस्तरीय शिक्षा प्रदान गर्ने सन्दर्भमा महानगरपालिकाले आवश्यक सहयोग गर्ने समेत बताउनुभयो ।c
प्रतिक्रिया दिनुहोस्