
एजेन्सी । इथियोपियाका विभिन्न शहरमा हिंसात्मक गतिविधि बढ्न थालेसँगै आपतकालीन अवस्थाको घोषणा गरिएको छ ।
रक्षा मन्त्रालयले विज्ञप्ति जारी गरेर विभिन्न शहरमा हिंसात्मक गतिविधि बढेको भन्दै आपतकालीन अवस्थाको घोषणा गरेको जनाएको छ । बन्दुकधारीहरूको आक्रमणमा सर्वधाराण मारिएको र निजी सम्पति लुटपाटका घटना बढेसँगै आपतकालीन अवस्थाको घोषणा गर्नुपरेको त्यहाँको सरकारले जनाएको छ ।
आपतकालीन अवस्था घोषणा गरेसँगै ती क्षेत्रमा सरकारी सेनाले गस्ती थालेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । नागरिकको सुरक्षाका लागि ठोष कदम नचालेको भन्दै विपक्षीहरूले सरकारको आलोचना गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्