२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


लुम्बिनी प्रदेशमा विशेष अधिवेशन बोलाउन माग


0
Shares

बुटवल । लुम्बिनी प्रदेशमा विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउन माग गर्दै प्रदेश प्रमुख समक्ष निवेदन दिएका छन् ।

अविश्वासको प्रस्ताव दर्ता लगत्तै नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले प्रदेशसभाको विशेष अधिवेशन माग गरेका हुन् ।

१५ दिनभित्र अधिवेशन बोलाउन माग गर्दै निवेदन दिइएको छ । अविश्वास प्रस्ताव दर्ता भएको एक महिनाभित्र संसदबाट सरकार प्रमुखले विश्वासको मत लिनुपर्ने प्रावधान छ ।