२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


माओवादी केन्द्रबाट निष्काशित पूर्वमन्त्री बोहरा प्रदेश सभा सदस्यबाट पदमुक्त


0
Shares

बिराज रोस्यारा
कैलाली । नेकपा एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रबाट निष्काशित सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री पद मुक्त हुनुभएको छ ।

सभामुख अर्जुन थापाले सोमबार बसेको प्रदेश सभा बैठकमा पूर्व मन्त्री झपटबहादुर बोहरा प्रदेश सभा सदस्यमा नरहेको जानकारी गराएपछि उहाँ पदबाट मुक्त हुनुभएको हो ।

नेकपा एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रको केन्द्रीय समितिले बोहराले दल त्याग गरेको निर्णय गर्दै प्रदेश सभा सचिवालयलाई जानकारी गराएको थियो ।

सभामुख थापाले बैठकमा संविधानको धारा १८० तथा राजनीतिक दल सम्बन्धी ऐन र प्रदेश सभा नियमवाली २०७४ बमोजिम उनी प्रदेश सभा सदस्य पदमा नरहेको जानकारी गराउनुभएको हो ।

बोहरा अछाम १ को ख बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।