१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मुख्यमन्त्री पोखरेलद्वारा अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीन सांसद्लाई मन्त्री


0
Shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने जनता समाजवादी पार्टी(जसपा)का तीन सांसद्लाई मन्त्री बनाउनुभएको छ ।

आफूविरुद्ध कांग्रेस र माओवादीले अविश्वास प्रस्ताव दर्ता गरेको केही घण्टाभित्रै मूख्यमन्त्री पोखरेलले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने तीन जना सांसदसहित ४ जना मन्त्री थपेर मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको हो ।

नवनियुक्त मन्त्रीहरूमा विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र राज्यमन्त्रीमा सुमन रायमाझी रहेका छन् । मन्त्रीहरूलाई प्रदेश प्रमुख धर्मनाथ यादवले तथा राज्यमन्त्रीलाई मूख्यमन्त्री पोखरेलले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । नव नियुक्त मन्त्रीहरू सबै जनता समाजबादी पार्टीका सांसद हुन् ।

मूख्यमन्त्री पोखरेलविरुद्ध ४१ जना सांसदले हस्ताक्षर गरेर अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने विजय, सन्तोष र सुमनलाई मुख्यमन्त्री पोखरेलले मन्त्री बनाउनु भएको हो ।