
रोमन आचार्य
काठमाडौं । ४ बजेका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भर्खर सुरु भएकाे छ ।
महाधिवेशन तयारीका विषयमा छलफल गर्न बैठक बोलाइएको बैठकअघि पार्टीका नेताहरू आन्तरिक छलफलमा जुटेका थिए । हिजोको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको थियो । सबै नेताहरू पार्टी कार्यालय सानेपामा उपस्थित भएका छन् ।
पटक–पटक म्याद थप गर्दा समेत क्रियाशील सबै जिल्लाले क्रियाशील सदस्यता इन्ट्री नसकेपछि कांग्रेसले क्रियाशील सदस्यता इन्ट्री गर्ने अन्तिम म्याद चैत मसान्तलाई तोकेको थियो । तर, तोकिएको समय सीमामा केही जिल्लाले इन्ट्री थालेका छैनन् ।
क्रियाशील सदस्यता तोकिएको समयमा इन्ट्री सुरु नहुँदा महाधिवेशनको कार्यतालिका नै परिवर्तन गर्नुपर्ने स्थिति छ ।
प्रतिक्रिया दिनुहोस्