१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


परीक्षामा स्वास्थ्य मापदण्डको ठाडो उल्लंघन– विश्वविद्यालय भन्छ, ‘विद्यार्थीको चापले पालना गर्न असहज’


0
Shares

दिपेन्द्र अधिकारी
काठमाडौं । विद्यार्थीको चापका कारण त्रिभुवन विश्व विद्यालायले सञ्चालन गरिरहेको परीक्षामा स्वास्थ्य मापदण्ड लागू हुन सकेको छैन । कोरोनाकै कारण ९ महिनासम्म परीक्षा धकेलिँदा स्नातक तहको एउटै कक्षामा दुई शैक्षिक सत्रका विद्यार्थी अध्ययनरत छन् ।

त्रिभुवन विश्वविद्यालयको वैशाख ५ गतेबाट सुरु स्नातक तह दास्रो वर्षको परीक्षामा १ लाख ७० हजार विद्यार्थी सहभागी छन् । देशभर २ सय ३४ केन्द्र रहेकामा उपत्यकामा ५० हजार भन्दा बढी विद्यार्थीका लागि ४४ वटा परीक्षा केन्द्र कायम गरिएको छ ।

आलोपालो गरेर २ सिफ्टमा परीक्षा सञ्चालन गरिरहेको विश्वविद्यालयको एक परीक्षा केन्द्रमा औसतमा ११ सय ३६ भन्दा बढी परीक्षार्थी छन् । यो स्वास्थ्य मन्त्रालयको २५ जना भन्दा बढी भेला नहुन गरेको अुनरोध र सीसीएमीको २५ जना भन्दा बढी भेला हुन गरेको मापदण्डको ठाडो उल्लंघन हो ।

कतिपय परीक्षा केन्द्रमा परीक्षा नियन्त्रण कार्यालयले भने बमोजिम ज्वरो नाप्ने, सेनिटाइजरको अनिवार्य प्रयोग भएको छैन । एउटै बेञ्चमा तीनजनासम्म परीक्षार्थी बस्ने गरेका छन् । स्वास्थ्य मापदण्ड पालना नगर्ने परीक्षा केन्द्रलाई परीक्षा नियन्त्रण कार्यालयले कडाइ गर्न भनेको छ । तर, विद्यार्थीको चापले गर्दा स्वास्थ्य मापदण्ड पालना गर्न नसकिएको त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा.डा. पुष्पराज जोशी बताउनुहुन्छ ।

२०५३ सालदेखि केही विषय अनुत्तिर्ण परीक्षार्थीलाई समेत मौका दिएइकाले अहिले विद्यार्थी को चाप बढेको हो । ९ महिना पर धकेलिएको परीक्षामा स्नातक तह पहिलो वर्षका २ शैक्षिक सत्रका विद्यार्थी सहभागी छन् । ८० वर्षीय वृद्धले समेत परीक्षा दिएका छन् ।

त्रिभुवन विश्वविद्यालय स्नातक तह दोस्रो वर्षको परीक्षामा सहभागी दोलखाका ८० वर्षीय पुष्पराम खड्का । तस्वीर– परीक्षा नियन्त्रक पुष्पराज जोशी

वार्षिक प्रणालीमा माथिल्लो कक्षाका पठनपाठन अघि बढाउने र तल्लो कक्षाको परीक्षा पछि लिने सेमेष्टर प्रणालीकै शैली पअनाउन खोजे पनि विद्यार्थी संगठनको असहमतिमा रोकिएको छ । शैक्षिक सत्रलाई पुरानै लयमा ल्याउन कम्तिमा २ वर्ष लाग्ने छ जसका कारण परीक्षा र कक्षा बन्द गरिहाल्ने अवस्था नभएको नियन्त्रक जोशीको भनाइ छ ।

कोरोना संक्रमण बढेका जिल्लाहरूमा शिक्षण संस्था बन्द गर्ने सीसीएमसीको सिफारिस मन्त्री परिषद्ले स्वीकृत गरेको छ । वैकल्पिक माध्यमबाट पठनपाठन र परीक्षा भने सञ्चालन हुन दिने भनिएको छ । जिल्लास्थित डिसीसीएमसीको सिफारिस बमोजिम विद्यालयहरु बन्द हुनेछन् ।

भर्चुअल र भौतिक रूपमा पठनपाठन गराइरहेको पोखरा विश्वविद्यालयले भने मंगलबारको बैठकबाट आगामी योजना बनाउने जनाएको छ । उता, पूर्वाञ्चल विश्वविद्यालय तत्कालको लागि पर्ख र हेर अवस्थामा रहेको छ । अन्य विश्व विद्यालयहरूले पनि केन्द्र सरकारको निर्णय अनुसार निर्णय लिने जनाएका छन् ।