
नवलपुर । नवलपुरको कावासोतीमा धितोपत्र दलाल व्यवसायीको कारोबार विस्तार भएको छ । भिजन सेक्युरिटिज प्रा.लि.ले नवलपुरको कावासोतीमा शाखा कार्यालय विस्तार गरेको हो ।
शाखा कार्यालयको धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले उद्घाटन गर्नुभएको हो । उहाँले दलाल व्यवसायीको सेवा विस्तारले देशका कुनाकाप्चाबाट शेयर खरिद गर्ने सर्वसाधारणलाई सुविधा पुग्ने उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्