
काठमाडौं । सोमबार पनि शेयर बजारमा दोहोरो अंकको गिरावट जारी रह्यो । यस दिन पनि उतार चढावबीच बजार परिसूचक नेप्से ३७ अंकले ओरालो लागेर २६ सय ६१ मा आएर थामियो ।
कारोबार भने यस दिन पनि उच्च नै पौने ७ अर्ब हाराहारीमा भयो । लगातार उकालो लाग्दै आएको बजारमा आइतबार देखि गिरावट आएको हो । नेप्से घटेपनि कारोबार भने उच्चनै रहेकाले यो गिरावटलाई करेक्सनका रुपमा विश्लेषण गरिएको छ ।
लगानीकर्ताले नाफाबुक गर्दा बजार घटेको बताइएको छ । जलविद्युत र वित्त सामान्य अंकले हरियो रहे बाहेक अरु सबै समूह ओरालो लागे । होटल तथा पर्यटन समूहमा सबैभन्दा उच्च २ सय ४० र निर्जीबन बीमा समूहमा पनि २ सय ३९ अंकको गिरावट आयो ।
व्यापार समूह पनि १ सय ७ अंकले ओरालो लाग्यो । लघुवित्त, उत्पादनमूलक, विकास बैंक, वाणिज्य बैंक समूह पनि दोहोरो अंकले ओर्लिए । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय १३ कम्पनीको १ करोड ४२ लाख कित्ता शेयर ६ अर्ब ७७ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्