२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


लिभरपुलले लिड्स युनाईटेडलाई बराबरीमा रोक्यो


0
Shares

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले लिड्स युनाईटेडसँग १–१ गोलको बराबरी खेलेको छ ।

लिड्स युनाईटेडको मैदानमा गएराति भएको खेलमा ३१ औं मिनेटमा सादियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिए ।

८७ औं मिनेटमा लिड्सका डिएगो लोरेन्तेले एक गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो ।

यो बराबरीसँगै लिभरपुलले प्रिमियर लिगको अंक तालिकामा चौथो स्थानमा उक्लने अवसर गुमाएको छ ।

छैटौं स्थानको लिभरपुलको ५३ अंक छ भने चौथो स्थानको वेष्ट ह्याम युनाईटेडको ५५ अंक छ । ७४ अंकसहित म्यान्चेस्टर सिटी शिर्ष स्थानमा रहेको छ ।

उता प्रिमियर क्लब टोटनह्याम हट्सपरले प्रशिक्षक होजे मौरिन्होलाई बर्खास्त गरेको छ ।

जारी सिजनमा टोटनह्यामले सोचे अनुसारको प्रदर्शन गर्न नसकेपछि क्लबले मौरिन्होलाई बर्खास्त गरेको हो ।

सन् २०१९ को नोभेम्बरमा टोटनह्यामको प्रशिक्षण समालेका मौरिन्हो १७ महिनामै बर्खास्तीमा परेका हुन् ।