८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


प्रहरी पोस्ट र होटल पुरिँदा चार जनाको मृत्यु (पाँच तस्वीर)


0
Shares

रसुवा, साउन १० । अविरल वर्षापछिको पहिरोले प्रहरी पोस्ट र होटल पुरिँदा रसुवामा ४ जनाको मृत्यु भएको छ भने अन्य दुई जना बेपत्ता छन् ।

पहिरोले गोसाइँकुण्ड गाउँपालिका– २ टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट र त्यस वरपर सञ्चालनमा रहेका होटल तथा अस्थायी घर पुरेको हो ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकका कन्टेनर चालक श्याम बहादुर तामाङको मात्र सनाखत भएको छ । यस्तै बेपत्ता हुनेमा स्थानीय कामी तामाङ र उनका श्रीमती छन् ।

मृतक अन्य तीन जना पनि चालक रहेको र उनिहरु सबै सिन्धुपाल्चोकका रहेको प्रहरीले जनाएको छ ।

पहिरोमा परेर अन्य सात जना घाइते भएका छन् ।

पहिरोले केही कन्टेनर तथा ट्रकसमेत पुरेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

अविरल वर्षापछि सडक अवरुद्ध भएकाले खोजी तथा उद्धारका लागि समस्या भएको बताइएको छ । घटनास्थल सदरमुकाम धुन्चेबाट करिब २५ किलोमिटरको दूरीमा पर्छ ।