१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपाल र नेदरल्याण्ड्सबीचको खेलमा दर्शकलाई प्रवेश निषेध


0
Shares

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृंखला अन्तर्गत आज हुने नेपाल र नेदरल्याण्ड्सको खेलमा दर्शकहरुलाई प्रवेश निषेध गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले एक सूचना जारी गर्दै आजको खेलमा दर्शकलाई प्रवेश निषेध गरेको जनाएको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि सोमबारको मन्त्रिपरिषको बैठकले २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको थियो । सोही अनुसार क्यानले आजको खेलमा दर्शकलाई प्रवेश निषेध गरेको हो ।