२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


पर्सामा मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना


0
Shares

mask corona dadeldhura

पर्सा । पर्सामा स्थानीय प्रशासनले बिनामास्क घर बाहिर निस्कनेलाई दण्डित गर्ने अभियान चलाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साको निर्णयअनुसार सशस्त्र प्रहरीले बिना मास्क घर बाहिर निस्केको व्यक्तिलाई एक सय रुपैयाँ दण्डित गर्न अभियान चलाएको होे ।

बिना मास्क बजारमा भेटिएकाहरुलाई प्रहरीले समातेर जरिवाना तिराउँदै एक थान मास्क समेत दिएर छाड्ने गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभएको छ ।