
विवेक भण्डारी
नवलपुर । नवलपुरको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा कोभिड पछि उपचार गर्न आउनेको संख्या थेगिनसक्नु छ । प्राकृतिक पद्धतिद्वारा उपचार गराउँदै आएको सामुदायिक चिकित्सालयमा कोरोना पछि अस्पताल सञ्चालनमा आएसँगै उपचारका लागि नामदर्ता गराउनेको संख्या बढेको हो ।
कोभिडको समयमा कोभिड अस्पताल बनाइएको र कोरोना संक्रमितहरुलाई प्राकृतिक पद्धतीद्धारा नै निको बनाएको कारण पनि प्राकृतिक उपचारमा विश्वास राख्ने बढेका हुन् । कोरोनालाई सजिलै जिताउन सक्ने यो पद्धतीले अरु सामान्य रोगहरुलाई पनि निको बनाउने विश्वास राख्दै प्राकृतिक उपचार लिन आउनेको संख्या बढेको हो ।
कोभिडका कारण प्राकृतिक उपचार दिन नसकेको भए पनि अहिले भने चिकित्सालयले सबै प्रकारका उपचार प्रदान गरेको चिकित्सालयका डाक्टर विनोद पौडेलले जानकारी दिनुभएको छ । कोभिडका समयमा घरमै बस्नु परेको, मानसिक तथा शारिरीक दुवै समस्या झेलेका बिरामीहरु चिकित्सालयमा बढी आएका छन् ।
कोभिड पछि उपचार लिन आउने विरामीको संख्या आफुहरुले सोचे भन्दा बढी भएको चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले बताउनुभयो । प्राकृतिक चिकित्सालय उपचारमा विश्वास राख्ने र यो उपचार अपनाउनेहरु प्राकृतिक उपचार नै अहिलेको अवश्यकता सम्झने र उपचारमा सामेल हुने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्