
एजेन्सी । भारतमा पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणका कारण १७ सय ६१ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै भारतमा मर्नेको संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार एकैदिनमा सोमबार २ लाख ५९ हजार १७० जना कोरोना संक्रमण भएको छ ।
यो सँगैं भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड ५३ लाख २१ हजार ८९ पुगेको छ ।
हालसम्म भारतमा १२ करोड ७१ लाखलाई कोरोनाको खोप दिइसकिएको छ ।
प्रतिक्रिया दिनुहोस्