
एजेन्सी । कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको अवस्था स्थिर छ ।
भारतका स्वास्थ्य मन्त्री हर्षवर्धनले दिएको जानकारी अनुसार सिंहको स्वास्थ्य अवस्था स्थिर भएको हो ।
८८ वर्षीय सिंहलाई कोरोना संक्रमण भएपछि सोमबार साँझ दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको छ ।
डा हर्षवर्धनले ट्विट गरेका छन्, ‘मैले एम्समा मनामोहहजीलाई हेरिरहेका मेडिकल टीमसँग सोधपुछ गरेको थिए, उहाँको अवस्था स्थिर छ, उहाँको राम्रो ख्याल गरिएको छ । हामी सबै उहाँको स्वास्थ्यलाभको कामना गरौं ।’
पूर्वपधानमन्त्री सिंहले दुई दिनअघि कोरोनाको अवस्थाको बारेमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका थिए ।
प्रतिक्रिया दिनुहोस्