१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा चालकको मृत्यु, २४ घाइतेमध्ये पाँचको अवस्था गम्भीर


0
Shares

कपिलवस्तु । बुद्धभुमी–९ सुगरबाबा नजिक यात्रुवाहक बस र मालवाहक ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन्, जसमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।

दुर्घटनामा बाणगंगा नगरपालिका–२ का बस चालक कृष्ण कुँवरको उपचारको क्रममा बुटवल स्थित चौरहा अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलिप कार्कीले जानकारी दिनुभयो ।

बुटवलबाट कृष्णनगरतर्फ जाँदै गरेको लु १ ख ५६८४ नम्बरको बस विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ३०१२ नम्बरको ट्रक बिहान १०ः३० बजे ठोक्किएको थियो ।