२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


गण्डकी, कर्णाली र सुदूरपश्चिममा पानी पर्ने


0
Shares

काठमाडौं । आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेपनि बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १४ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम ३० देखि ३२ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

आज बिहान सूर्योदय ५ बजेर ३३ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३२ मिनेटमा हुनेछ ।