
काठमाडौं । अर्थमन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माण थाल्नुअघि विभिन्न सरोकारवाला निकायसँगको छलफललाई तीव्र पारेको छ ।
मन्त्रालयले आर्थिक वर्ष २०७८÷०७८ को बजेटका प्राथमिकताका बारेमा सरोकारवाला निकायको सुझाव लिइरहेको जनाएको छ ।
आगामी जेठ १५ गतेसम्ममा आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गरिसक्नुपर्ने संवैधानिक प्राावधान अनुसार अर्थ मन्त्रालयले बजेट तयारी तीव्र पारेको हो ।
अर्थमन्त्री विष्णु पौडेलले बजेटका विषयमा विभिन्न पक्षसँग परामर्श गरिरहेको बताउनुभएको छ ।
पूर्व अर्थमन्त्रीहरुले सरकारले लोकप्रिय कार्यक्रम भन्दा पनि मुलुकको वास्तविकताका आधारमा बजेट ल्याउन सुझाव दिएका छन् ।
उनीहरुले आगामी वर्ष पनि ठूला आयोजनाहरुलाई बजेट कम हुन नदिए राम्रो प्रतिफल हासिल गर्न सकिने सुझाव दिएका छन् ।
उनीहरुले ठूला आयोजनामा बजेटको उचित प्रबन्ध गर्नका लागि केही क्षेत्रमा खर्च कटौतीलाई विशेष ध्यान दिन पनि सरकारलाई सुझाव दिएका छन् ।
बजेटमा कोरोनाका कारण प्रभावित उद्योग व्यवसायलाई राहत दिने कार्यक्रम समावेश गर्न पनि अर्थ मन्त्रालयलाई दवाव परेको छ ।
यसैबीच सरकारले बजेटका सिलिङ तोकेको भन्दै कतिपय मन्त्रालयले असन्तुष्टि व्यक्त गरेका छन् ।
उनीहरुले सरकारले प्राथमिकतामा राखेका दीर्घकालीन कार्यक्रमका लागि पनि बजेट कटौती गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्