१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जीतपुरसिमरा गोल्डकप: संकटा सेमिफाईनलमा


0
Shares

सिमरा । फिनिसिङ लाईनअप नचल्दा एफसी विजय युथ हेटौडा जीतपुरसिमरा गोल्डकपको क्वाटरफाईनबाट बाहिरिएको छ ।

प्रतियोगीताको सातौँ संस्करणको विजेता समेत रहेको हेटौँडा संकटा क्लबसँग पराजीत हुँदै उपाधी होडबाट बाहिरिएको हो ।

हेटौँडाको फितलो फिनिसिङको फाईदा उठाउँदै संकटाले खेलमा २–१ को जित निकाल्यो । संकटाको जीतका लागि ओडे ग्लोरी र गणेश हमालले गोल गरे ।

खेलको नवौँ मिनेटमा ग्लोरीले पहिलो गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए । सुभास गुरुङको क्रस बललाई उनले हेडमार्फत गोलमा परिणत गरेका हुन् ।

खेलमा पहिलो अग्रता बनाएपनी जितका लागि भने संकटाले अन्तिमसम्म संघर्ष गर्नुप¥यो ।

३९औँ मिनेटमा हेटौँडाका लागि फुफनाले गोल गर्दै टिमलाई बराबरीमा ल्याएका थिए । उनले डि बक्सभित्र पाएको बललाई आकर्षक प्रहार गर्दै जाली चुमाएका हुन् ।

खेलमा संकटाबिरुद्ध आक्रमक देखिएको हेटौँडा फिनिसिङ लाईनमा चुक्दा हारको सामना गर्नुप¥योे ।

३६औँ मिनेटमा संकटाका रोमन लिम्बुले हेटौँडाका फुफनालाई फल गरेपछी फुफुना आफैले प्रहार गरेको फ्रिकिक क्रस बार माथीबाट बाहिरिएको थियो ।

४२औँ मिनेटमा सन्त बहादुर गुरुङको क्रसमा बिकास लामाले डिबक्स भित्रबाट गरेको प्रहार संकटाका गोलरक्षक राजाबाबु थापाले उत्कृष्ट बचाउ गरे ।

६५औँ मिनेटमा राजेन्द्र रावलको क्रसमा नदोङ भुटियाले गोल गर्ने सुनौलो अवसर खेर फाले ।

गोल लाईन नजिकै पाएको बललाई पनि उनले सहि दिशा दिन सकेनन् । लगत्तै ७०औँ मिनेटमा हेटौँडाले अग्रता अर्को उत्कृष्ट अवसर गुमाउन पुग्यो ।

हेटौँडाका सन्त बहादुर गुरुङले संकटाको रक्षापंक्तीलाई बिट गर्दै अघी बढाएको बल गोलमा परिणत गर्न चुके ।

खेलको ७९औँ मिनेटमा हेटौँडाका नवराज गुरुङले वन भर्सेस वनको स्थितमा रहेको बलको सदुपयोग गर्न सकेनन् ।

उनको फितलो प्रहार पोष्ट नजिकैबाट बाहिरियो । हेटौँडाको लगातारको अवसरलाई बिफल तुल्याएको संकटाले खेलको ८९औँ मिनेटमा भने निर्णयक गोल ग¥यो ।

प्रकाश बुढाथोकीको क्रसमा गणेश हमालले आकर्षक गोल गरे । उनको विजयी गोलसंगै संकटा जारी प्रतियोगीताको अन्तिम चारमा प्रवेश गरेको छ ।

प्रतियोगीता अन्तर्गत बुधबार हुने पहिलो सेमीफाईनलमा आयोजक नव जनजागृति युवा क्लब र अफ्रिकन रुट्स एसोसिएसन क्यामरुनबिच खेल हुनेछ ।

क्वाटरफाईनलमा हिमालयन शेर्पा क्लबलाई ३–२ ले हराउँदै सेमिफाईनल पुगेको आयोजकसँगको भेटका लागि अफ्रिकन रुट्सले नेपाल आर्मीको त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ ले हराएको थियो ।