१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


प्रधानमन्त्रीले पूजाआजा गरी पठाएको राम–सीताको मूर्ति आज प्रतिस्थापन गरिँदै


0
Shares

काठमाडौं । राम नवमीको अवसर पारेर चितवनको माडीस्थित अयोध्यापुरीमा आज राम–सीताको मूर्ति प्रतिस्थापन गरिँदै छ ।

प्रतिस्थापन गरिने मूर्तिहरु हिजो प्रधानमन्त्री निवास बालुवाटारबाट पूजाआजा गरि रथयात्रासहित चितवन लगिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालको नेतृत्वको रथयात्रा समूह गएराति देवघाटमा बास बसेको थियो ।

आज बिहान गण्डकीमा स्नानसहित पूजा गरी रथयात्रा चितवनको माडीस्थित अयोध्यापुरीतर्फ बढेको छ ।

राम–सीताका मूर्ति आज मध्यान्ह सााढे १२ बजेको साइतमा प्रतिस्थापन गर्ने तयारी छ । मूर्ति प्रतिस्थापनपछि पूजा आराधना, भजन कीर्तनलगायत कार्यक्रम पनि राखिएको छ ।

प्रधानमन्त्री ओलीले गत असारमा रामको जन्म अयोध्यापुरीमा भएको दाबी गर्दै सो स्थानमा राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति राख्ने घोषणा गर्नुभएको थियो ।

सोही अनुसार गुरुयोजना बनाएर अहिले काम भईरहेको छ ।