
फाइल फोटो
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बसिरहेको हो ।
बैठकमा १४ औं महाधिवेशन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेकाे पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई हटाएर नयाँ सरकार निर्माण गर्न पहल गर्ने यसअघि नै निर्णय गरेको थियो । नयाँ सरकार गठन बारे माओवादी केन्द्र र काँग्रेस एक भएका छन् ।
प्रतिक्रिया दिनुहोस्