२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भारतमा कोरोनाबाट एकैदिन २ हजार बढीको मृत्यु, करिब तीन लाख संक्रमित


0
Shares

एजेन्सी । भारतमा एकैदिन २ हजार बढीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मंगलबार २ हजार २३ जनाको संक्रमणका कारण मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा करिब ३ लाख संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २ लाख ९५ हजार ४१ जना कोरोनाबाट संक्रमित भएका हुन् ।

भारतमा लगातार सातौ दिनसम्म दैनिक २ लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको तथ्याकं छ ।

कोरोनाबाट अहिलेसम्म १ लाख ८२ हजार ५५३ जनामको मृत्यु भइसकेको छ, भने १ करोड ५६ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।