१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कोरोना संक्रमणबाट ७४ वर्षीय वृद्धको मृत्यु


0
Shares

काठमाडौं । मकवानपुरमा कोरोना संक्रमणबाट हेटौँडा उपमहानगरपालिका –४ का ७४ वर्षीय वृद्धको मृत्यु भएको छ ।

बृद्धलाई केही दिन अघि कोरोनाको संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बस्दै आएका बृद्धको आज विहान आफ्नै निवासमा मृत्यु भएका हेटौंडा उपमहानगरपालिकाका जन स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईंले जानकारी दिनुभयो ।

उनको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापनको जिम्मा लिएको थियो । तीव्र गतिमा फैलिएको रहेकोबेला मकवानपुरमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । गत २ दिनमा मात्रै मकवानपुरका ३४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।