१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सर्वोच्चका दुई न्यायाधीशले लिए सपथ


0
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दुई न्यायाधीशलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको छ ।

बुधबार सर्वोच्च अदालतमा आयोजित एक समारोहमा न्यायाधीशद्वय नहकुल सुवेदी र कुमार चुँडाललाई सपथ ग्रहण गराउनुभएको हो ।

यसअघि राष्ट्रपति कार्यलयमा गएर सपथ ग्रहण गराउने परम्परालाई तोड्दै सर्वोच्च अदालतमै सपथ ग्रहण गराइएको हो ।

राष्ट्रपति उपस्थित गराउनुपर्ने बाहेकका सपथ अब प्रधानन्यायाधीशले सर्वोच्च अदालतमै गराउने हुनुभएको छ ।

सपथ ग्रहण लगतै न्यायाधीशद्वयले आजैबाट काम थालिसक्नु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले चुडाल र सुवेदीलाई सोमबार सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नु भएको थियो ।