
काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बाेकेका सय बढी यात्रुलाई त्रिभुवन विमानस्थलबाट फर्काएको छ। अध्यागमन विभागका अनुसार बुधबार एक सय भन्दा बढी यात्रुलाई फार्काइएकाे हाे ।
यात्रुहरुसँग सिनामंगलस्थित सुर्या हेल्थ केयरले दिएकाे नक्कली पीसीआर रिपोर्ट भएको पाइएपछि उनीहलाई विमास्थलबाट फकाएकाे छ । फर्काइएकाहरुमा जजिरा एयरका, एयर अरेबियाका र सलाम एयरका यात्रु छन् ।
सुर्या हेल्थ केयरमा महानगरीय अपराध महाशाखाले मंगलबार छापा मारेको थियो। विदेश जानेहरूलाई ९ हजार रुपैयाँ लिएर पिसिआर रिपोर्ट नक्कली बनाएको आरोपमा सूर्यामा छापा मारेकाे थियो। फर्काइएकाहरू आधा नेपाली र आधा भारतीय रहेका छन् ।
याे पनि पढ्नुहाेस् :
प्रतिक्रिया दिनुहोस्