चितवनमा बस दुर्घटना, ३८ जना घाइते, एकको अवस्था गम्भीर

news

मुग्लिन, असोज २२ । चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।

काठमाडौंबाट सर्लाहीको मलंगवातर्फ जाँदै गरेको ना५ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका–१२, आस्थाचोकमा मंगलबार राति १२ः३० बजे दुर्घटना हुँदा ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार बस आफैं अनियन्त्रित भइ सडकछेउको पीपलको रुखमा ठक्कर खाएर दुर्घटना भएको हो ।

घाइतेको पुरानो मेडिकल कलेज र भरतपुरको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइतेमध्ये २७ को अवस्था मध्यम रहेको छ । यस्तै, १० जना सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक पनि सामान्य घाइते भएका छन् ।

बसमा करिब ४५/४६ जना सवार रहेका थिए । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...